ANKUR NEPAL

A Group of Korea Returnee

About us

Ankur Nepal is a non-profit social organization established in 2012 AD by Nepalese returned from South Korea who were involved in multiple business sectors. The objective of the organization is to gather maximum number of Korea returnees under a single umbrella that could be the catalyst for industrial and social revolution in Nepal.

About us

Success Stories

  • 01 झापा बाह्रदशी गाउपालिका-३ स्थित राजगढमा गाउपालिकाकै पहिलो सरसफाई सामग्री प्याकेजिंग उधोग स्थापना

    झापा बाह्रदशी गाउपालिका-३ स्थित राजगढमा गाउपालिकाकै पहिलो सरसफाई सामग्री प्याकेजिंग उधोग स्थापना भएको छ। बाह्रदशी-३ का २८ बर्षिय चन्दन कुमार चौधरीले ४० लाखको लागतमा “फ्यूचर केमिकल प्याकेजिंग उधोग” स्थापना गरि सरसफाई सामग्री उत्पादन सुरू गरेका छन। उक्त उधोगवाट उत्पादित ब्राण्डको नाम “मिरे फ्रेस MIRAE FRESH “ रहेको छ। दक्षिण कोरियामा ५ बर्ष परिश्रम गरि फर्किएका […]

  • 02 वैदेशिक रोजगारी छाडेर व्यावसायिक कालिज पालन

    भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोलमा १० रोपनीमा फैलिएको कल्पित वाइल्डलाईफ एग्रो सेन्टर छ । आशिष उपाध्याय, प्रवेश केसी र निर्मल उपाध्यायले साढे दुई वर्षअघि खोलेको यो एग्रो सेन्टर खासमा कालिज फार्म हो, जहाँ अहिले आउँदो मंसीरमा बिक्री हुने कालिजका चल्लाहरु हुर्कंदैछन् । फर्मले यसअघि तीन पटक कालिज बिक्री गरिसकेको छ । दक्षिण कोरिया बसेका प्रवेश र […]

  • 03 कोरियाबाट फर्केका ५ जना यूवा मिलेर ४ करोड लगानीमा गार्मेन्ट उधोग सन्चालनमा ल्याउदै !

    धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा कोरियाबाट फर्किएका ५ जना युवा मिलेर झण्डै साढे चार करोड लगानीमा उल्का गार्मेन्टस् उद्योग सञ्चालनमा ल्याइदै छ। सुदूरपश्चिम प्रदेशमा पहिलो पटक ठूलो लगानीमा युवाहरुले अत्याधुनिक प्रविधिको गार्मेन्टस् उद्योग खोलेर जेन्स वास कपडा बिक्री गर्ने तयारी गरेका हुन्। उद्योगले सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशमा तयारी कपडाको आपूर्ति गर्ने लक्ष्य लिएको […]

News

Ankur Nepal र 한인회 बिच सामाजिक, साँस्कृतिक, तथा व्यवसायिक आपसी सहकार्यको निम्ति दुई संस्था बिच सम्झौता

ललितपुर झम्सिखेल स्थित होटल भिभान्तामा “HRD KOREA” नेपाल शाखाको संयोजन तथा आयोजनामा कोरिया रिटर्नीहरुको साझा संस्था Ankur Nepal तथा विभिन्न ब्यबसाय, उद्योग धन्दा आदि संचालन गरी नेपालमा बसोबास गर्नु हुने कोरियनहरुको साझा संस्था “Korean Association in Nepal” (한인회) बिच सामाजिक, साँस्कृतिक, तथा व्यवसायिक आपसी सहकार्यको निम्ति दुई संस्था बिच सम्झौता (MOU) भएको छ।दुई संस्थाका अध्यक्ष […]

ग्लोबल आइएमई बैंकले कोरियाबाट फर्केका नेपालीलाई सहुलियतमा ऋण दिने

ग्लोबल आइएमई बैंक लिमिटेडले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनका लागि अंकुर नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले हस्ताक्षर गरेका छन् । कोभिड–१९ को महामारीबाट उत्पन्न समस्या तथा अन्य कारणबाट नेपाल फर्किएर कोरियामा आर्जित सीप तथा आय–आर्जनलाई […]

रोजगारको निम्ति कोरिया पठाउन सकारात्मक पहल तथा नयाँ परीक्षा CBT, UBT का समस्या समाधान सम्बन्धी बिबिध अन्तरकृया कार्यक्रम

अंकुर नेपालको आयोजनामा HRD KOREA नेपाल शाखा, ईपीएस कोरिया शाखा, ईपीएस पीडित संघर्ष समिति (कमिटेड र ईपियस पास भएर कोरिया जान रोकिएका) नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई रोजगारको निम्ति कोरिया पठाउन सकारात्मक पहल तथा नयाँ परीक्षा CBT, UBT का समस्या समाधान सम्बन्धी बिबिध अन्तरकृया कार्यक्रम 2021-09-16 मा काठमाडौं ठमेल स्थित होटेल ठमेल पार्कमा सम्पन्न भएको […]

गणतन्त्र कोरियामा नेपालीहरुको आत्महत्याको कारण र समाधान विषयक कार्यशाला गोष्ठी २०७४

गणतन्त्र कोरियामा नेपालीहरुको आत्महत्याको कारण र समाधान विषयक कार्यशाला गोष्ठी २०७४ को संक्षिप्त प्रतिवेदन नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखा तथा अङ्कुर नेपालको संयुक्त आयोजनामा होटल हिमालय, कुपण्डोल ललितपुरमा गणतन्त्र कोरियामा नेपालीहरुको आत्महत्याको कारण र समाधान विषयक कार्यशाला गोष्ठी सम्पन्न भयो । कार्यक्रममा HRD Korea का निर्देशक श्री किम […]

अन्कुर नेपाल गणतन्त्र कोरिया मा बिभिन्न पेशा तथा ब्यवसाय मा संलग्न रही नेपाल फर्किएर बिभिन्न पेशा ब्यवसाय सन्चालन गरिरहेका नेपालीहरुद्वारा श्रमिकहरुको हक हित तथा कोरिया बाट फर्किएका नेपाली हरुलाई एकल तथा सामुहिक रुप मा ब्यवसाय सन्चालन गर्न प्रेरित गर्ने उद्देश्यले सन् २०१२ मा स्थापना गरिएको सस्था हो । हाम्रो प्रमुख उद्देश्य नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु मार्फत् गणतन्त्र कोरियामा आर्जित सिप तथा आर्थिक श्रोतको उचित ब्यबस्थापन तथा लगानी मार्फत ब्यक्ति स्वयंमको दिर्घकालिन आर्थिक स्थायित्वका साथै स्वदेशमा रोजगारीको श्रृजना गर्न अभिप्रेरित गर्नु हो । धेरै भन्दा धेरै कोरिया रिटर्निजहरुलाई एउटै छाता भित्र गोलबन्द गरी देशमा औद्योगिक तथा सामाजिक परिवर्तनको हिस्सा बनोस् भन्ने उद्देश्यले सुरु गरिएको हो ।

Contact

Location:

Ankur Nepal is a non-profit social organization established in 2012 AD by Nepalese returned from South Korea who were involved in multiple business sectors.

Call:

9851060394